काेराेना अपडेट राष्ट्रिय समाचार समाज स्वास्थ्य

कर्मचारीमा कोरोना संक्रमणपछि घोराही उपमहानगरमा सिल

दाङ । दाङको घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बुधबारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ । एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने जानकारी गराएको छ ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा घोराही उपमहानगरपालिका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, विपद व्यवस्थापन तथा सरसफाई लगायतका अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको…

thumbnail

भारतमा कोरोना संक्रमित ६० लाख नजिक

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ…

thumbnail

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् । सेनाको…

Write a Reply or Comment