कर्मचारीमा कोरोना संक्रमणपछि घोराही उपमहानगरमा सिल

दाङ । दाङको घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बुधबारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ । एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने जानकारी गराएको छ ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा घोराही उपमहानगरपालिका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, विपद व्यवस्थापन तथा सरसफाई लगायतका अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार