उर्जा मुख्य समाचार राष्ट्रिय समाचार समाज

कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन भएको छ । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग गर्दै पानीमै भिजेर प्रदर्शन गरेका छन् ।

आइतबार कार्यकाल सकिएका घिसिङले हिजो विद्युत प्राधिकरणबाट औपचारिकरुपमा बिदाइ लिएका छन् । सरकारले उनको ठाउँमा निमित्तलाई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अनिच्छुक भएपछि घिसिङको पुनर्नियुक्ति हुन सकेको छैन । त्यसैले दबाब दिन भन्दै आफूहरुले प्रदर्शन गरेको स्थानीयले बताएका छन् । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

नेपाल विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्तिबारे भएन निर्णय

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएका कुलमान घिसिङलाई सो पदमा नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेन । सोमबारको मन्त्रिपरिषद्ले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय…

thumbnail

गलकोट सव स्टेशन सुचारु : दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो

थम्मन थापाबागलुङ । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ । अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको…

thumbnail

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिन माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन व्यापक जनमत बनेको छ ।नेपालमा १८ घण्टासम्म लोडसेडिङको अन्त्य गर्दै अरवौं नाफामा प्राधिकरणलाई पुर्याउन सक्षम कार्यकारी निर्देशक…

Write a Reply or Comment