कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन भएको छ । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग गर्दै पानीमै भिजेर प्रदर्शन गरेका छन् ।

आइतबार कार्यकाल सकिएका घिसिङले हिजो विद्युत प्राधिकरणबाट औपचारिकरुपमा बिदाइ लिएका छन् । सरकारले उनको ठाउँमा निमित्तलाई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अनिच्छुक भएपछि घिसिङको पुनर्नियुक्ति हुन सकेको छैन । त्यसैले दबाब दिन भन्दै आफूहरुले प्रदर्शन गरेको स्थानीयले बताएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार