अन्नपूर्ण गाउँपालिका घटना तस्बिर मुख्य समाचार म्याग्दी न्युज विशेष समाचार

कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो

पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले कोप्चेपानीको बस्ती उच्च जोखिममा परेपछि सोही वडाको भालेबासमा त्रिपालको अस्थायी टहरामा सारिएको हो ।

‘बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले बस्ती नै उच्च जोखिममा परेपछि कोप्चेपानीका २३ घरपरिवारलाई भालेबासमा अस्थायी टहरा बनाई सारिएको छ ,’–अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो ,‘बस्तीको दिर्घकालिन व्यवस्थापनका लागि गाउँपालिकाले पहल थालेको छ ।’ पहिरोको उच्च जोखिममा रहेको कोप्चेपानीमा खानेपानीका लागि गाउँपालिकाले ४ सय मिटर फाइप उपलब्ध गराएको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले जानकारी दिनुभयो । पहिरोले बस्ती माथिको जमिन चिराचिरा परेको छ ।

बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । सबै परिवारलाई एक/ एक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ । यसैगरी गाउँपालिकाले २३ परिवारलाई प्रति परिवार ओढ्ने ओछ्याउने कम्बल र म्याट्रेस उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडासहित सामान टहरामा सारेका छन् ।

यसैगरी अध्यक्ष क्याप्टेन गर्बुजा पुनले कोप्चेपानीका आमा समुहलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । टहरा बनाउने कार्यमा अध्यक्ष क्याप्टेन गर्बुजा सहित प्रमुख प्रशासकीय अधिकृत सुवेदी ,वडा अध्यक्ष फगामी ,महिला वडा सदस्य पवित्रा खड्का समाजसेवी बेल बहादुर पुर्जा लगायतले सहजिकरण गरेका थिए । पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ का १३ घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यसअघि बुधबार अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ जलथलेका ३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन ,प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र वडा अध्यक्ष चन्द्रप्रसाद फगामी सहितको टोलीद्धारा स्थलगत निरिक्षण पछि शनिबार भालेबासमा अस्थायी टहरा निर्माण गरी आइतबार २३ घर परिवारलाई सारिएको हो । स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

thumbnail

अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ स्थित काफलडाँडाका ३१ बर्षिय अम्बर गर्बुजा एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घोडेपानीका प्रहरी सहायक निरिक्षक रबि आचार्यको…

thumbnail

म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए

बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर…

thumbnail

म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन

बेनी । म्याग्दीका बाढी पहिरो पीडितका लागि म्याग्दी समाज (मोना)युकेले २३ लाख रुपैयाँ बढी जुटाएको छ । अविरल बर्षातका कारण म्याग्दीमा म्याग्दीमा गएको बाढी पहिरोबाट पीडित परिवारका लागि सो रकम संकलन भएको…

Write a Reply or Comment