ओछ्यानबाटै कक्षा चार ! (फोटो/भिडिओ सहित )

बेनी । शारिरिक रुपमा अशक्त भएपनि यहाँका एक बालक ओछ्यानबाटै कखरा सिके । जिल्लाको मंगला गाउँपालिका–५,छिस्बाङ्गका १६ बर्षिय विकास दर्जीमा जन्मेको ६–७ महिनामै शारिरीक अशक्तताको लक्षण देखा पर्न थाल्यो । छरछिमेकका साथीभाईसंग खेल्दै विद्यालय जाने र पढ्ने उनको इच्छा अधुरै रह्यो ।

तर,परिवारको आर्थिक अवस्थाका कारण उनले उपचार पाउन सकेनन् । दर्जीका हात र खुट्टा कमजोर छन् । शारिरीक अवस्थाले साथ नदिएपनि उनले पढ्ने अठोट लिएका छन् । साथै उनका अभिभावकले दर्जीलाई साथ दिएका छन् । छोराको पढ्ने इच्छा पुरा गर्न दैनिक विद्यालय पु¥याउने गरेका छन् । उनि गाउँकै खारपानी आधारभुत विद्यालयमा कक्षा चारमा अध्ययनरत छन् ।

भिडिओ

‘शारिरीक अशक्तताका कारण पनि छोराको बलियो आत्मबल र पढ्ने अठोट देखेर उसलाई साथ दिन पिठ्युमा बोकेर दैनिक विद्यालय पु¥याउने गरेको छु ,’ बुबा दिलबहादुरले भने । विद्यालयमा पनि विकासका लागि छुट्टै ओछ्यान छ । उनि त्यही ओछ्यानबाट साथीभाईसंगै पढ्छन् ।

जन्मदा अरुको जस्तै स्वास्थ्य अवस्था सामान्य भएपनि पछि उमेर बढ्ढै जाँदा विकासको शरिर लुलो हुँदै गएको बुबा दिलबहादुर बताउछन् । आर्थिक अवस्था कमजोर भएकाले छोराको शरिर अरुको भन्दा फरक हुँदै गएपनि समयमै छोरालाई अस्पताल पु¥याउन नसकिएको दिल बहादुरले सुनाए ।

छोराको शरिर विग्रिदै गएपछि छिमेकीसंग ऋण मागेर पोखरा स्थित विभिन्न अस्पतालमा पु¥याए पनि छोराको स्वास्थ्यमा भने कुनै परिवर्तन नआएको बुबा दिलबहादुरको भनाई छ । अस्पतालले उपचार पछि छोरा निको हुने बताए पनि पैसा अभावमा छोराको उपचार गराउन नसकिएको उनि बताउँछन् । अस्पतालले छोरालाई ह्वीलचियरमा राख्न सुझाएको थियो । विकास करिब एक घण्टा मात्र उठेर बस्न सक्ने बुबाको भनाई छ ।

आर्थिक अभावमा राम्रो अस्पतालमा उपचार गराउन नसक्दा छोराको स्वास्थ्य अवस्था विग्रिदै गएपछि ह्वीलचियरमा पनि अडिन नसक्ने अवस्थाले गर्दा विकासलाई ओछ्यानमा सुताउन बाध्य भएको बुबा दिलबहादुरले भावुक हुँदै सुनाए । विकासले मासिक तीन हजार रुपैयाँका दरले अपङ्गता भत्ता पाउँदै आएका छन् ।

‘करिब नौ बर्षको उमेरमा विकासकी आमा र दिदीले पोखरा स्थित विभिन्न अस्पताल पु¥याएपनि छोराको स्वास्थ्यमा सुधार आएन,’ बुबा दिलबहादुरले भने ,‘पैसा भयो भने छोरालाई काठमाडौंका ठुला अस्पतालमा लगेर उपचार गराउने ठुलो धोको छ ।’ विकासका एक दिदी र बहिनी छन् । दिल बहादुर सानो फर्निचर उद्योग संचालन गरेपनि जिविका चलाउन मुस्किल हुने बताउँछन् । ‘आर्थिक स्रोत यही एउता फर्निचर हो ,यसबाट पनि जिविका धान्न धौधौ भएको छ ।’ आँखाबाट आशु बगाउँदै दिलबहादुरले थपे , ‘दैनिक जिविका चलाउन गाह्रो भएको बेला छोरालाई उपचार गराउने कुरा परको हो ।’
आर्थिक सहयोग गर्न चाहनेहरुका लागि सम्पर्क नम्बर बुबा दिल बहादुर दर्जी–९८४२२६८८९१

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार