बारा र रौतहटको सिमानामा पुल बनाउने बिषयमा गाउँलेबीच झडप

रौतहट । बारा र रौतहटको सिमानामा पर्ने अरुवा खोलामा विवादित पुलको निर्माण कार्य सुरु भएपछि दुबै जिल्लाका स्थानीयबीच झडप भएको छ।आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच भएको झडपमा एक दर्जन बढी स्थानीय घाइते भएका छन्। दुबै तर्फका घाइतेहरुको स्थानीय स्तरमै उपचार भइरहेको छ। लामो समयदेदेखि विवादित पुलको निर्माण कार्य रोकिएको थियो। सोमबार निर्माण कम्पनीका संचालकले खोलामा पुल निर्माण सुरु गरेपछि दुबै जिल्लाका स्थानीयबीच झडप सुरु भएको थियो।

हुलाकी राजमार्ग सडख खण्डअन्तर्गतको अरुवा नदीमा निर्माणाधिन पुल विवादकै कारणले गति लिन सकेको छैन। अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गर्दै आएको गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीले बताए।

पुल निर्माण सम्बन्धि समस्य समाधान नै नगरी सोमबार पुल निर्माण कार्य सुरु गरिएपछि विवाद सुरु भएको थियो। विवादले उग्ररुपमा परिणत भएर दुबै पक्षबीच झडप भएको थियो। हातमा लाठी भाटा लिएर पुल निर्माण स्थलमा पुगेका स्थानीयले पुल निर्माणका लागि सिमेन्ट घोल्ने मिक्सर, सेटरिङका सामना सहित करिव ९ लाख मुल्यबरावरको निर्माण सामग्रीमा क्षति पुर्याएको पुल निर्माण कार्यको ठेक्का पाएका कन्कार्इ निर्माण सेवाका संचालक अरबिन्द जयसबालले बताए। झडपको बिषयमा जानकारी पाएलगतै बारा र रौतहट दुबै तर्फबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थिती नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रबक्ता डिएसपी भरत श्रेष्ठले बताए।nagariknews.nagariknetwork.com बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार