आर्थिक मंगला गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राष्ट्रिय

जन्मदिनमा गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग

बेनी । सामाजिक सेवामा सक्रिय सपना रोका मगरले विपन्न परिवार ,एकल महिला र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । कार्तिक १ गते परेको जन्मदिनको अवसरमा मंगला गाउँपालिकाको वडा नम्बर ४ बरंजा स्थित बुकेनीमा आर्थिक रुपमा कमजोर एकल महिला र अपङ्गता भएका २२ परिवारलाई ३० हजार रुपैयाँ बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । १८ औं जन्मदिनको अवसरमा सपनाले काठमाडौं सडकमा वेवारिसे र बेसाहारा व्यक्ती संगै केक काटेर जन्मदिन मनाएको सपनाले बताउनुभयो ।

‘मेरो जन्मदिनको अवसरमा युकेमा रहनुभएका बेदन गुरुङ अंकलले जन्मदिन मनाउनु भनेर पैसा पठाइदिनुभएको थियो,सोही पैसाले गाउँमा आर्थिक रुपमा विपन्न ,एकल महिला तथा अपङ्गता भएका परिवारलाई चाडपर्व मनाउन सहज होस् भन्ने उद्धेश्यले खाद्यान्न सहयोग गरेकी हुँ ’–सपनाले भन्नुभयो । बुकेनीमा जन्मनुभएकी सपना पढाइको सिलसिलामा दुई बर्ष अघि काठमाडौं पुग्नुभएको थियो । सपनाले वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्दै आउनुभएको छ । उहाँले हालसम्म ७० वटाभन्दा बढी वेवारिसे शवको व्यवस्थापन गरिसक्नुभएकाे छ ।

सम्बन्धित समाचार

thumbnail

पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर…

thumbnail

पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी…

thumbnail

चन्द्रागिरीले साधारण शेयर बिक्री गर्ने

काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले…

Write a Reply or Comment