अन्तराष्ट्रिय काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार स्वास्थ्य

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

वासिङ्टन, एएनआइ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ ।

उक्त विश्वविद्यालयका अनुसार विश्वभरि तीन करोड ९५ लाख २ हजार ९ सय ९ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरि ११ लाख ६ हजार ७ सय ५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच, विश्वभरि रहेका कुल संक्रमित मध्ये दुई करोड ७१ लाख ४८ हजार ९ सय २७ व्यक्ति कोरोना भाइरसमुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८० लाख ८६ हजार ७ सय ८० व्यक्ति संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । यद्यपी अमेरिकामा ३१ लाख ९७ हजार ५३९ व्यक्ति कोरोना भाइरस मुक्त भएका पनि विश्वविद्यालय जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७४ लाख ३२ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा ५२ लाख ३०० व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १३ लाख ७६ हजार २० जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६५ लाख २४ हजार ५ सय ४९ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड–१९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

कांग्रेसको युरोप र अफ्रिकी महादेशमा शाखा गठन

काठमाडौँ । कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिको सञ्जालले युरोप र अफ्रिका महादेशमा शाखा गठन गरेको छ । सञ्जालको हालै सम्पन्न भर्चुअल बैठकले बेलायत निवासी शेखर कँडेलको नेतृत्वमा युरोप र विष्णुदत्त भट्ट नेतृत्वमा अफ्रिका…

thumbnail

भारतको गाजियाबादबाट १८ किशोर नेपाल फिर्ता

नवलपरासी । वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्‍याइएका १८ नेपाली किशोरलाई भारतीय प्रहरीले नेपाल फर्काइदिएको छ । भारतमा रोजगारीका लागि लगिएका ती किशोरहरुको भारतको गाजियाबादबाट उद्धार गरेर भारतले मंगलबार सुनौली नाका हुँदै…

thumbnail

अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ। पश्चिमी प्रान्त घोरको राजधानी फिरोज कोहमा आइतबार बिहान ११ बजे भएको बिस्फोटमा १२ जना सर्वसाधारण…

Write a Reply or Comment