सुरुङ बनाउन ४३ वटा प्रस्ताव

काठमाडौँ । काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने सुरुङ निर्माणका लागि गरिएको प्रि–क्वालिफिकेसन टेन्डरमा ४३ वटा प्रस्ताव परेका छन् । उक्त मार्गको छोक्रेडाँडादेखि धेद्रे खोलासम्मका लागि २१ वटा कम्पनीले बोलपत्र दाखिला गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

धेद्रे खोलादेखि लेनडाँडासम्मका लागि २२ वटा कम्पनीले बोलपत्र दाखिला गरेको सेना प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । उनका अनुसार मूल्यांकन समितिले बोलपत्रको मूल्यांकन सकेर योग्य ठहरिएकालाई सूचीकृत गर्नेछ । दुवैतर्फ १६ वटा कम्पनीले टेन्डर हालेका छन् । ‘एउटै कम्पनीले दुवै प्याकेजमा टेन्डर हालेका छन्,’ उनले भने, ‘त्यही भएर मूल्यांकनका क्रममा एउटै कम्पनीले दुईवटै प्याकेज पनि पाउन सक्छन् ।’ आर्थिक र प्राविधिक प्रस्ताव हेरेपछि थाहा हुने उनले बताए ।

महादेवटारमा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किमि सुरुङ निर्माण गरिनेछ । भित्रिने र बाहिरिने गरेर साढे १२ किमि सुरुङमार्ग निर्माण गरिनेछ । धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा सुरु हुनेछ । द्रुतमार्गको दूरी ७२ दशमलव ५ किमि छ । मंसिरमा टेन्डर गरी सुरुङ निर्माणको काम थालिने आयोजनाले जनाएको छ ।ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार