कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–७ बनकसिहामा आधा किलो बढी सुनका सामग्रीसहित २ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा कपिलवस्तुबाट भारततर्फ लैजादैं गरेको आधा किलो सुन बिहीबार राति बरामद गरेको हो।
सुनसँगै प्रहरीले मायादेवी गाउँपालिका–४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको छ। पवनले लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ लैजादैं गरेको अवस्थामा सो सुन बरामद भएकको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। शका लागी तलासी गर्दा पवन गुप्ताले कम्मरमा बाधेको निलो रङको थैलीभित्र लुकाई राखेको अवस्थामा २४ क्यारेट सुन ४३ तोला(५०० ग्राम) र १८ क्यारेट सुनको सिक्रि १ तोला ४७ लाल, १८ क्यारेट सुनको औठि ३ आना बरामद भएको थियो।
पवनको साथबाट ८ हजार ९२५ रुपैयाँ रुपैयाँ समेत भेटिएको थियो। पक्राउ परेका दुबै जनालाई सुनसहित थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरी उपरिक्षक अधिकारीले बताए। अहिले तराईका जिल्लाबाट तस्करी गरिएको सुन भारत तर्फ जाने गरेको स्रोतले बताएको छ।nagariknews.nagariknetworkबाट साभार