चोरीको अभियोगमा ९७ लाख रुपैयाँसहित एक पक्राउ

चितवन । एक रङ फ्याक्ट्रीमा चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई ९७ लाख रुपैयाँसहित पक्राउ गरेको छ । कालिका नगरपालिका ६ शक्तिखोर घर भएका ४१ वर्षीय कबिराज थापालाई नगद ९७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

चितवन भरतपुर महानगरपालिका ९ काँडाघारीस्थित एपोलो रङ फ्याक्ट्रीमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी गोन्द्राङबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गर्ने क्रममा सोही फ्याक्ट्रिको सुरक्षा गार्डको रुपमा कार्यरत थापाको घर, कोठा, शौचालय तथा कम्पाउण्डको विभिन्न स्थानमा लुकाएर राखेको उक्त रकम सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार