ताप्लेजुङमा तीन सञ्चारकर्मीसहित थपिए १० कोरोना संक्रमित

ताप्लेजुङ । ताप्लेजुङमा १० नयाँ कोरोना संक्रमित थपिएका छन्। ११ संक्रमितसहित ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १० नयाँ र यसअघि संक्रमित १ जना गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार यसअघि संक्रमित १ जनाको स्वाब परीक्षणमा पठाइएको थिएन।यो सँगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ। १० जना संक्रमित डिस्चार्ज भएका छन्।

संक्रमित सबै पुरुष रहेको ताप्लेजुङ अस्पतालले जनाएको छ। संक्रमित मध्ये ३ जना सञ्चारकर्मी समेत रहेका छन्। उनीहरु सबै रेडियो तमोरमा कार्यरत रहेको बताइएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार