आर्थिक बेनी नगरपालिका रघुगंगा गाउँपालिका समाचार समाज स्थानीय

दुई विमितका परिवारलाई १३ लाख बढी मृत्युदावी भुक्तानी

बेनी ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनीमा रहेको म्याग्दी शाखाले शनिबार दुई जना विमितका परिवारलाई रु १३ लाख ३९ हजार मृत्युदावी रकम भुक्तानी गरेको छ । विरामी भइ उपचारको क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बीमित धनकुमारी केसीको परिवारलाई रु ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर खत्रीको परिवारलाई रु ६ लाख ६८ हजार रकम हस्तान्तरण गरिएको हो ।

????????????????????????????????????

केसीका हकवाला श्रीमान गोविन्द केसी र खत्रीको आमा रमा खत्रीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, शाखा प्रवन्धक सुवेदी लगायतले मृत्युदाबि रकमको चेक हस्तान्तरण गरेका थिए । ६ लाख रुपैयाँको बीमा पोलिसी खरिद गरकी केसीको एक किस्ता बुझाएपछि ब्रेन ट्युमर भई गत साउन २१ गते मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क रकम रु ६ लाख, काजक्रिया खर्च रु ५० हजार र एक बर्षको बोनस बापतको रकम रु २१ हजार भुक्तानी गरेको शाखाले जनाएको छ ।

????????????????????????????????????

त्यसैगरि ३ लाख रुपैयाँको बिमा पोलिसी खरिद गरेका खत्रीको दुई किस्ता बुझाएपछि सडक दुर्घटनामा परि गत असोज १८ गते मृत्यु भएको थियो । कम्पनीले खत्रीका परिवारलाई बीमाङ्क रकम ३ लाख, दुर्घटना मृत्यु लाभ रकम ३ लाख, काजक्रिया खत्र्र ५० हजार र दुई बर्षको बोनस बापतको रकम १८ हजार भुक्तानी गरेको शाखा प्रवन्धक सुवेदीले जानकारी दिइन ।

सम्बन्धित समाचार

thumbnail

प्रदेश २: कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले पाएनन् तलब

काठमाडौं । कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन् । प्रदेश २ का आठवटै जिल्लामा…

thumbnail

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुद्वारा प्रदर्शन

केशव गुरुङ काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बृद्धिविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन । काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडी आज विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनका…

thumbnail

एक लाख बढीको रिचार्ज कार्ड चोरी गर्ने एक किशोर पक्राउ

दाङ । एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा दाङ प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं। ४ श्रीबारी बस्ने १८ वर्षीय ईन्द्र गिरीलाई रिचार्ज कार्डसहित…