दुई विमितका परिवारलाई १३ लाख बढी मृत्युदावी भुक्तानी

बेनी ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनीमा रहेको म्याग्दी शाखाले शनिबार दुई जना विमितका परिवारलाई रु १३ लाख ३९ हजार मृत्युदावी रकम भुक्तानी गरेको छ । विरामी भइ उपचारको क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बीमित धनकुमारी केसीको परिवारलाई रु ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर खत्रीको परिवारलाई रु ६ लाख ६८ हजार रकम हस्तान्तरण गरिएको हो ।

????????????????????????????????????

केसीका हकवाला श्रीमान गोविन्द केसी र खत्रीको आमा रमा खत्रीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, शाखा प्रवन्धक सुवेदी लगायतले मृत्युदाबि रकमको चेक हस्तान्तरण गरेका थिए । ६ लाख रुपैयाँको बीमा पोलिसी खरिद गरकी केसीको एक किस्ता बुझाएपछि ब्रेन ट्युमर भई गत साउन २१ गते मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क रकम रु ६ लाख, काजक्रिया खर्च रु ५० हजार र एक बर्षको बोनस बापतको रकम रु २१ हजार भुक्तानी गरेको शाखाले जनाएको छ ।

????????????????????????????????????

त्यसैगरि ३ लाख रुपैयाँको बिमा पोलिसी खरिद गरेका खत्रीको दुई किस्ता बुझाएपछि सडक दुर्घटनामा परि गत असोज १८ गते मृत्यु भएको थियो । कम्पनीले खत्रीका परिवारलाई बीमाङ्क रकम ३ लाख, दुर्घटना मृत्यु लाभ रकम ३ लाख, काजक्रिया खत्र्र ५० हजार र दुई बर्षको बोनस बापतको रकम १८ हजार भुक्तानी गरेको शाखा प्रवन्धक सुवेदीले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार