म्याग्दी न्युज विशेष राजनिति राष्ट्रिय समाचार समाज स्थानीय

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरूले आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली पक्षका हुनुहुन्छ।

प्रचण्ड–नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले बताउनुभयो ।सत्तारुढ नेकपाभित्रको आन्तरिक कलह चर्कँदै जाँदा त्यसको असर प्रदेश सरकारमा पर्न थालेपछि दर्ता भएको यो दोस्रो अविश्वासको प्रस्ताव हो।
प्रदेश १ मा प्रदेशसभामा ९३ जना सदस्य छन्।

नेकपाका ६७ जना सांसदमध्ये प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन्। नेपाली काँग्रेसका २१ , जनता समाजवादीका तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक मञ्चका एक एक जना प्रदेश सांसद छन्।

सम्बन्धित समाचार

thumbnail

नक्कली बाबु प्रकरण : वडा अध्यक्ष र सचिवद्धारा प्रहरी समक्ष आत्मसमर्पण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई…

thumbnail

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव)बीच हस्ताक्षर कार्यक्रम (LIVE)

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव)बीच हस्ताक्षर कार्यक्रम/LIVE  

thumbnail

म्याग्दीमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता ‘किसुनजी’को १०औं स्मृति सभा

बेनी । नेपाली कांग्रेस मयाग्दीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को १० औं स्मृति दिवस मनाएको छ । विहिबार कांग्रेस म्याग्दीले पार्टी कार्यालयमा स्मृती सभाको आयोजना गरेर स्मृती…