प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरूले आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली पक्षका हुनुहुन्छ।

प्रचण्ड–नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले बताउनुभयो ।सत्तारुढ नेकपाभित्रको आन्तरिक कलह चर्कँदै जाँदा त्यसको असर प्रदेश सरकारमा पर्न थालेपछि दर्ता भएको यो दोस्रो अविश्वासको प्रस्ताव हो।
प्रदेश १ मा प्रदेशसभामा ९३ जना सदस्य छन्।

नेकपाका ६७ जना सांसदमध्ये प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन्। नेपाली काँग्रेसका २१ , जनता समाजवादीका तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक मञ्चका एक एक जना प्रदेश सांसद छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार