तस्बिर
मालिका गाउँपालिका
म्याग्दी
म्याग्दी न्युज विशेष
स्थानीय
स्वास्थ्य
मालिकाको दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र
बुधवार, पुष १५ गते
| म्याग्दी न्युज संवाददाता
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –६,दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो । जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाई छ । दरबाङ बजारमा प्राथमिक उपचार केन्द्र स्थापना भएछि सहज भएको देविस्थानबाट आएका आँखा रोगी यमन पुनले बताउनुभयो ।
????????????????????????????????????
दरवाङमा आँखा उपचार केन्द्र स्थापना भएपछि मालिका, धवलागिरी , मंगला र छिमेकी जिल्ला बागलुङको पश्चिम भेगमा रहेको तमानखोला गाउँपालिका बासीहरुलाई समेत सुविधा पुग्ने नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका उप–कोषाध्यक्ष मोतिराज गौतमले बताउनुभयो । पहिले जस्तो आँखा सम्बन्धी सामान्य समस्या हुँदा समेत बेनी, बागलुङ र पोखरा पुग्नुपर्ने समस्या हट्ने रेडक्रस सोसाईटी उपशाखा फुलबारीका सह–सचिव अमृत सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।
????????????????????????????????????
केन्द्रबाट आँखा परिक्षण, उपचारका साथै सुपथ मूल्यमा औषधी र चस्मा बितरण सम्बन्धी सुबिधा उपलब्ध हँदै आएको केन्द्र प्रमुख सबिना बरालले बताउनुभयो । उहाँका अनुसार, जटिल रोगका विरामीलाई पोखरा र छिमेकी जिल्ला बागलुङको उपल्लाचौर रिफर गरिएको छ । ५० रुपैयाँ सेवा शूल्क तोकिएको केन्द्रमा जेष्ठ नागरिकहरुका लागि निशूल्क नामदर्ताका साथै १ महिनाभित्र दोस्रो पटक आउने बिरामीलाई ५० प्रतिशत छुट दिने ब्यवस्था मिलाईएको छ ।
जिल्ला शाखाको सहयोगमा दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको बताउँदै उपचार केन्द्रलाई दिर्घकालिन बनाउन र व्यवस्थापनका लागि रेडक्रस दरबाङ उपशाखाले पनि स्थानीय तहसंग समन्यव गर्ने सचिव हिराबहादुर पुनले बताउनुभयो । उहाँले सहयोगको लागि अपिल गरे पनि गाउँपालिकाले वेवास्ता गरेको गुनासो व्यक्त गर्नुभयो ।
सहयोगका लागि वडा कार्यालयलाई पनि आग्रह गरिएको बताउँदै उपचार केन्द्र सन्चालका लागि आफुहरुले स्थानीयबासी लगायत विभिन्न संघसंस्थालाई पहल गर्ने र सहकार्य गर्ने उहाँको भनाई छ । जिल्ला सदरमुकाम बेनीमा रेडक्रस सोसाइटीको साथै नेत्रज्योति संघ र बेनी अस्पतालले पनि आँखा उपचार सेवा दिइरहेका छन् । यस अघि बाहिर जान नसक्ने गरिब, विपन्न र अशक्तहरुले शिविर कुरेर बस्नुपर्ने समस्या थियो ।
साधन राम्जाली बेनी । म्याग्दीको पर्यटकीय एवं धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यहाँको एक सामाजिक संस्थाले (दुई दिने) मालिका हाइकिङ गरेको छ । लायन्स क्लब अफ बेनी पिस सिटीको…
म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँ ‘मिडिया सोसाईटी अवार्ड–२०७७’ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारणसभाका अवसरमा विहिबार बेनीमा आयोजित एक कार्यक्रमका विच सात हजार १५० रुपैयाँ र…
बेनी ।नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा…
खेलकुद
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
म्याग्दी । कास्कीको पोखरा रंगशालामा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरिय महिला भलिबल प्रतियोगितामा विजेता बनेको म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ ,म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउदै…
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राजनिति
राष्ट्रिय
म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सव बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
बेनी । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको…
१२ फागुन, काठमाडौं । नेपालमा मंगलबारसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख…