मालिकाको दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –६,दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो । जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाई छ । दरबाङ बजारमा प्राथमिक उपचार केन्द्र स्थापना भएछि सहज भएको देविस्थानबाट आएका आँखा रोगी यमन पुनले बताउनुभयो ।

????????????????????????????????????

दरवाङमा आँखा उपचार केन्द्र स्थापना भएपछि मालिका, धवलागिरी , मंगला र छिमेकी जिल्ला बागलुङको पश्चिम भेगमा रहेको तमानखोला गाउँपालिका बासीहरुलाई समेत सुविधा पुग्ने नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका उप–कोषाध्यक्ष मोतिराज गौतमले बताउनुभयो । पहिले जस्तो आँखा सम्बन्धी सामान्य समस्या हुँदा समेत बेनी, बागलुङ र पोखरा पुग्नुपर्ने समस्या हट्ने रेडक्रस सोसाईटी उपशाखा फुलबारीका सह–सचिव अमृत सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।

????????????????????????????????????

केन्द्रबाट आँखा परिक्षण, उपचारका साथै सुपथ मूल्यमा औषधी र चस्मा बितरण सम्बन्धी सुबिधा उपलब्ध हँदै आएको केन्द्र प्रमुख सबिना बरालले बताउनुभयो । उहाँका अनुसार, जटिल रोगका विरामीलाई पोखरा र छिमेकी जिल्ला बागलुङको उपल्लाचौर रिफर गरिएको छ । ५० रुपैयाँ सेवा शूल्क तोकिएको केन्द्रमा जेष्ठ नागरिकहरुका लागि निशूल्क नामदर्ताका साथै १ महिनाभित्र दोस्रो पटक आउने बिरामीलाई ५० प्रतिशत छुट दिने ब्यवस्था मिलाईएको छ ।

जिल्ला शाखाको सहयोगमा दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको बताउँदै उपचार केन्द्रलाई दिर्घकालिन बनाउन र व्यवस्थापनका लागि रेडक्रस दरबाङ उपशाखाले पनि स्थानीय तहसंग समन्यव गर्ने सचिव हिराबहादुर पुनले बताउनुभयो । उहाँले सहयोगको लागि अपिल गरे पनि गाउँपालिकाले वेवास्ता गरेको गुनासो व्यक्त गर्नुभयो ।

सहयोगका लागि वडा कार्यालयलाई पनि आग्रह गरिएको बताउँदै उपचार केन्द्र सन्चालका लागि आफुहरुले स्थानीयबासी लगायत विभिन्न संघसंस्थालाई पहल गर्ने र सहकार्य गर्ने उहाँको भनाई छ । जिल्ला सदरमुकाम बेनीमा रेडक्रस सोसाइटीको साथै नेत्रज्योति संघ र बेनी अस्पतालले पनि आँखा उपचार सेवा दिइरहेका छन् । यस अघि बाहिर जान नसक्ने गरिब, विपन्न र अशक्तहरुले शिविर कुरेर बस्नुपर्ने समस्या थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार