पाँचथरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक डम्बर विश्वकर्माले बताए ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नम्बरको डबल क्याप पिकअप फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार