कोरोना कोषको १ अर्ब ४० करोड खर्च , साढे ३८ करोड मौज्दात

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा हालसम्म १ अर्ब ७८ करोड ८२ लाख ६३ हजार ३ सय २४ रुपैयाँ जम्मा भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा सो रकम आम्दानीको रुपमा देखाएको छ । यस्तै खर्च १ अर्ब ४० करोड ३७ लाख ८४ हजार ९ सय रुपैयाँ भएको माहालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कोरोना कोषबाट साउन १८ गते ५ करोड ५२ लाख ३० हजार ३ सय ५० रुपैयाँ ट्रान्सफर भएको थियो । यस्तै भदौ ८ गते ३९ करोड २० लाख ३९ हजार ५ सय ५० रुपैयाँ , भदौ २२ गते ९३ करोड ४० लाख ४ हजार रुपेयाँ र कात्तिक २८ गते २ करोड २५ लाख ११ हजार रुपैयाँ कोषबाट रकम खर्चका लागि ट्रान्सफर भएको थियो । कोरोना कोषमा अब ३८ करोड ४४ लाख ४८ हजार ४ सय २४ रुपैयाँ रहेको छ ।

सरकारको मन्त्रिपरिषदको गत चैत ९ गतेको निर्णय बमोजिम यो कोष सञ्चालनमा आएको थियो । यस कोषमा जम्मा भएको रकम कोरोना रोकथाम तथा उपचारमा खर्च गर्ने, उपचार सामाग्रीको आपुर्ति तथा पूर्वाधार निर्माणमा र सो कार्यका लागि जनशक्ति परिचालनमा खर्च गर्ने भनिएको थियो । तर कतिपयले कोरोना कोषको रकम प्रयोगमै प्रश्न समेत उठाएका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार