मंगला गाउँपालिका–५ का बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ का बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ । गैर आवासीय नेपाली संघ लग्जम्वरका सदस्य सदस्य झलकबहादुर महतको नेतृत्वमा संकलित रकमबाट गतको असार २५ र २६ मा आएको बाढी हिरोबाट प्रभावित वडा नम्बर पाँचका विभिन्न ठाउँका सात जना बाढी पहिरो पीडित र एक जना दृष्टि विहिनलाई आर्थिक सहयोग गरिएको हो । सो रकम मंगलबार शिरगुममा एक कार्यक्रमका विच समाजसेवी तथा नेपाली कांग्रेस म्याग्दीका पुर्व सह–सभापती नेत्रबहादुर महतले हस्तान्तरण गर्नुभएको हो ।

राहत पाउनेमा पिपलबोटका विरबहादुर खत्री ,तारा खड्का ,अर्मनका दुर्गादत्त कँडेल बुद्धिलाल कँडेल ,शिरगुमका दृष्टि विहिन दलबहादुर विक ,पहिरो पीडित कलमति बुढा तथा किमचौरका लक्षमण पुन रहेका छन् । प्रति परिवार चार हजारको दरले ३२ हजार रुपैयाँ वितरण गरिएको नेपाली कांग्रेस प्रदेश सभा ‘ख’का सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो । राहत हस्तान्तरण गर्नुहुँदै नेता महतले आर्थिक सहयोग गर्ने लग्जम्वरमा रहेका नेपालीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँका अनुसार असार २५ र २६ मा दुखुखोलामा आएको बाढीले विरबहादुर खत्रिको साढे तीन रोपनी जग्जा र घर बगाएको थियो । तारा खड्काको जग्जा , अर्मनका दुर्गादत्त कंडेल र बुद्धिबल कंडेलको घर ,सिरगुमकी कलमती बुढाको पनि पहिरोले घर बगाएको थियो । सावित्रा विक पाखुको हिलबाङ खोलामा आएको बाढीले घर , किमचौरका लक्ष्मण पुनको घर पहिरोले क्षति पु¥याएको थियो ।

स्थानीय समाजसेवी डढीलाल सापकोटाको अध्यक्षता ,समाजसेवी तुल्सीराम सापकोटाको स्वागत तथा सचिव पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा नेता महत संगै नेपाल महिला संघ म्याग्दीकी सभापति विमला गौचन नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बलभद्ध ढकाल,नेपाली कांग्रेस गोरखाका सचिव नन्दु न्यौपाने लगायतले बोल्नुभएको थियो ।


यसैगरी सोही अवसरमा स्थानीय बासीले म्याग्दी र बागलुङको सिमाना किमचौरको तीनचुले धुरीदेखी सिरगुम टिकाबाङको चाङ्गा धुरीसम्म पर्यटन विकासका लागि भौतिक पुर्वाधार निर्माण तथा प्रवद्र्धनमा सघाउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार