
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् ।
विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । थापाको साथबाट स्रोत नखुलेको चार लाख ३७ हजार रुपैयाँ र थपलियाको साथबाट चार लाख ४० हजार रुपैयाँ समेत बरामद भएको छ ।
दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको छ । अनलाइनखबरबाट साभार