लुम्बिनी सुगरमिलकी सञ्चालिका सुशीला गोयलका पारिवारिक सदस्य प्रहरीको नियन्त्रणमा

काठमाडौं । पारिवारिक अंशबण्डाको विवाद रहेको भनिएको लुम्बीनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको पारिवारिक सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशीलाको जेठाजु मनोज अग्रवाललाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा उपस्थित गराईने जिप्रका पर्साका डिएसपी मनोजित कुँवरले रातेपाटीलाई बताए । लुम्बीनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको नाममा अदालतबाट पक्राउ अनुमति जारी भएको छ ।

गोयल बिरुद्ध सुनवलका चारजना उखु किसानले जाहेरी दिएका छन् । सुशीलाका जेठाजुसँग केही कुरा बुझ्नुपर्ने भएको हुनाले बीरगञ्जबाट बोलाईएको पश्चिम नवलपरासीका एसपी अजय केसीले बताए । उनले भने– ‘उँहासँग केही बुझ्नुपर्ने छ, त्यसैले बोलाएका हौं ।’

लुम्बिनी सुगर मिलले अहिलेसम्म २ करोड रुपैयाँ किसानलाई वितरण गर्नेगरी जम्मा गरेको छ । लुम्बिनीले उखु किसानलाई ७ करोड बक्यौता तिर्न बाँकी छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार