आर्थिक राष्ट्रिय समाचार समाज स्वास्थ्य

पुलाचौरकी निसा सुवेदीको मृगौला प्रत्यारोपणका लागि तीन लाख रुपैयाँ सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरकी २७ वर्षीया निसा सुवेदीको मृगौला प्रत्यारोपणका लागि संकलित तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
ओमकुमारी शान्ति कोषको संयोजनमा संकलन भएको रकम शान्ति कोषका अध्यक्ष राजेश शाक्यले निसा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीलाई आइतबार बेनीमा हस्तान्तरण गर्नुभएको हो । निशाको उपचारका लागि यसअघि २५ हजार रुपैयाँ उपलब्ध गराएको कोषले थप ७४ हजार ४०० रुपैयाँ सहयोग गरेको छ ।

कोषका अध्यक्ष राजेश शाक्यको नेतृत्वमा एक लाख साठी हजार रुपैयाँ संकलन भएको थियो । अभियानका संयोजक नेत्रराज सुबेदीको नेतृत्वमा ४५ हजार रुपैयाँ संकलन भएको छ । करिब डेढ वर्षअघिदेखि मृगौला रोगबाट थलिनुभएकी सुबेदीको २९ गते मृगौला प्रत्यारोपणका लागि शल्यक्रिया हुदैछ् । मृगौला रोगी निशालाई आमा फुलकुमारीले मृगौला दान गर्नुहुने भएको छ । सुत्केरी हुदाँ उहाँको मृगौलामा समस्या देखिएको थियो । एक छोराकी आमा निशाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।

गत चैत ११ गते मृगौला प्रत्यारोपण गर्ने मिति तय भएपनि लकडाउन भएपछि रोकिएको थियो । मृगौला प्रत्यारोपण पछि पनि नियमित औषधी उपचारका लागि थप रकम आवश्यक पर्ने भएकाले निशाका लागि सहयोग गर्न शान्ति कोषका अध्यक्ष शाक्यले अपिल गर्नुभयो ।

सम्बन्धित समाचार

thumbnail

पाटन अस्पताललाई ललितपुर महानगरको एक करोड सहयोग

ललितपुर । ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका…

thumbnail

धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका…

thumbnail

एनआईसी एसियाको एटिएम मेसिन फोड्दै गरेका २ जना पक्राउ

काठमाडौँ । एनआईसी एसियाको स्वयम्भु शाखामा रहेको एटिएम मेसिन फोड्दै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान २ः१५ मा एटिएम मेसिन फोड्दै गर्दा नियमित गस्तीमा रहेका प्रहरीले टोलीले पक्राउ…

Write a Reply or Comment