पुलाचौरकी निसा सुवेदीको मृगौला प्रत्यारोपणका लागि तीन लाख रुपैयाँ सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरकी २७ वर्षीया निसा सुवेदीको मृगौला प्रत्यारोपणका लागि संकलित तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
ओमकुमारी शान्ति कोषको संयोजनमा संकलन भएको रकम शान्ति कोषका अध्यक्ष राजेश शाक्यले निसा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीलाई आइतबार बेनीमा हस्तान्तरण गर्नुभएको हो । निशाको उपचारका लागि यसअघि २५ हजार रुपैयाँ उपलब्ध गराएको कोषले थप ७४ हजार ४०० रुपैयाँ सहयोग गरेको छ ।

कोषका अध्यक्ष राजेश शाक्यको नेतृत्वमा एक लाख साठी हजार रुपैयाँ संकलन भएको थियो । अभियानका संयोजक नेत्रराज सुबेदीको नेतृत्वमा ४५ हजार रुपैयाँ संकलन भएको छ । करिब डेढ वर्षअघिदेखि मृगौला रोगबाट थलिनुभएकी सुबेदीको २९ गते मृगौला प्रत्यारोपणका लागि शल्यक्रिया हुदैछ् । मृगौला रोगी निशालाई आमा फुलकुमारीले मृगौला दान गर्नुहुने भएको छ । सुत्केरी हुदाँ उहाँको मृगौलामा समस्या देखिएको थियो । एक छोराकी आमा निशाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।

गत चैत ११ गते मृगौला प्रत्यारोपण गर्ने मिति तय भएपनि लकडाउन भएपछि रोकिएको थियो । मृगौला प्रत्यारोपण पछि पनि नियमित औषधी उपचारका लागि थप रकम आवश्यक पर्ने भएकाले निशाका लागि सहयोग गर्न शान्ति कोषका अध्यक्ष शाक्यले अपिल गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार