घटना
मुख्य समाचार
म्याग्दी
राजनिति
राष्ट्रिय
समाचार
वडा अध्यक्ष तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभा
सोमवार, पुष २० गते
| Suren Gurung
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो । तिलिजा लामो समयसदेखी प्यारालाइसिस रोगबाट पीडित हुनुहुन्थ्यो ।
नारच्याङमा आयोजित सभामा अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले वडा अध्यक्ष तिलिजाको निधनले गाउँपालिका ,वडा र पार्टीलाई ठुलो क्षति भएको बताउनुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो,‘पार्टी ,समाज र गाउँपालिकाले इमान्दार, निष्ठावान व्यक्ती गुमाएको छ ।’
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगर , नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाका सभापति ले.बेल बहादुर पुर्जा ,कार्यसमितिका सचिव सुजन बरुवाल र सुरेन गुरुङ , तरुणदलका संयोजक गोविन पहरे पुन (गोरे) महिला संयोजक चन्द्रकालि तामाङ ,मगर संघ जिल्ला सदस्य लोक बहादुर फगामाी जिल्ला सदस्य आत्मा तुलाचन उप संयोजक अनिल हिराचन, अमृतमान शेरचन जिल्ला सदस्य यामकुमारी लगायत स्थानीय युवाहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका वडा नम्बर ४ का वडा सभापती टुक्मान गर्बुजाको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।
काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१…
प्युठान । प्युठान जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका परिवारले विरोध जनाएका छन् । शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम।सी।थापाको गएराति मृत्यु भएको हो…
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण…
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राजनिति
राष्ट्रिय
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ…
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति…
काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग…