वडा अध्यक्ष तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभा

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो । तिलिजा लामो समयसदेखी प्यारालाइसिस रोगबाट पीडित हुनुहुन्थ्यो ।

नारच्याङमा आयोजित सभामा अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले वडा अध्यक्ष तिलिजाको निधनले गाउँपालिका ,वडा र पार्टीलाई ठुलो क्षति भएको बताउनुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो,‘पार्टी ,समाज र गाउँपालिकाले इमान्दार, निष्ठावान व्यक्ती गुमाएको छ ।’

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगर , नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाका सभापति ले.बेल बहादुर पुर्जा ,कार्यसमितिका सचिव सुजन बरुवाल र सुरेन गुरुङ , तरुणदलका संयोजक गोविन पहरे पुन (गोरे) महिला संयोजक चन्द्रकालि तामाङ ,मगर संघ जिल्ला सदस्य लोक बहादुर फगामाी जिल्ला सदस्य आत्मा तुलाचन उप संयोजक अनिल हिराचन, अमृतमान शेरचन जिल्ला सदस्य यामकुमारी लगायत स्थानीय युवाहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका वडा नम्बर ४ का वडा सभापती टुक्मान गर्बुजाको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार