बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभएको हो।
सो सहयोग रकम लायन्स क्लब अफ बेनी सिटी मार्फत शनिबार एक कार्यक्रममा विच हस्तान्तरण गरिएको छ । विगत चार बर्षदेखी नियमित रुपमा फाउण्डेसनका संस्थापक अध्यक्ष राम्जालीले सहयोग गर्दै आउनुभएको क्लबका पुर्व अध्यक्ष लायन सुविन श्रेष्ठले जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष लायन अमित बाँनिया,संस्थापक अध्यक्ष लायन अम्बिक कुमार श्रेष्ठ , पूर्व अध्यक्ष लायन दिपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष लायन सुविन श्रेष्ठ लगायत कल्बका सदस्यहरुको उपस्थितिमा बालगृहका प्रमुख सुजन केसीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो।
.क्लबका अध्यक्ष बाँनियाले क्लबको बार्षिक कार्यक्रम अनुसार सहयोग रकम हस्तान्तरण कार्यक्रम गरिएको र यो बर्षका बाँकी अन्य कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने बताउनुभयो।राम्जालीको आर्थिक सहयोग प्रति क्लबका अध्यक्ष बानियाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१…
काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा।विश्वनाथ ओली र विश्व…
बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का चन्द्रशेखर प्रसाद र सञ्जय कुमार रहेको…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण…
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राजनिति
राष्ट्रिय
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ…
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति…
काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग…