समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी बालगृहमा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले तीस हजार रुपैयाँ सहयोग गर्नुभएको हो।

सो सहयोग रकम लायन्स क्लब अफ बेनी सिटी मार्फत शनिबार एक कार्यक्रममा विच हस्तान्तरण गरिएको छ । विगत चार बर्षदेखी नियमित रुपमा फाउण्डेसनका संस्थापक अध्यक्ष राम्जालीले सहयोग गर्दै आउनुभएको क्लबका पुर्व अध्यक्ष लायन सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष लायन अमित बाँनिया,संस्थापक अध्यक्ष लायन अम्बिक कुमार श्रेष्ठ , पूर्व अध्यक्ष लायन दिपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष लायन सुविन श्रेष्ठ लगायत कल्बका सदस्यहरुको उपस्थितिमा बालगृहका प्रमुख सुजन केसीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो।

.क्लबका अध्यक्ष बाँनियाले क्लबको बार्षिक कार्यक्रम अनुसार सहयोग रकम हस्तान्तरण कार्यक्रम गरिएको र यो बर्षका बाँकी अन्य कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने बताउनुभयो।राम्जालीको आर्थिक सहयोग प्रति क्लबका अध्यक्ष बानियाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार