म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस १२ र १५ गते १३ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा–३ बस्ने वर्ष ३६ का पुरूष १ जना, बेनपा–५ का वर्ष २८ को महिला १ जना, बेनपा–७ का बेनी वर्ष ४३ का पुरूष १ जना, बेनपा–८ का वर्ष ३८ का पुरूष १ जना गरि जम्मा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस संगै म्याग्दी जिल्लामा कोरोना संक्रमितको संख्या १९६ जना (महिला ४५ र पुरुष १५१)पुगेको छ । हाल सम्म जम्मा २३२९वटा नमुना संकलन गरी पठाएकोमा २३२९ वटा कै रिपोर्ट प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार