धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका ८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय किरण कार्की पक्राउ परेका हुन् ।

उनीहरुले काठमाडौं उपत्यकाका विभिन्‍न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौं रकम माग्ने गरेका थिए । विशेष सूचनाको आधारमा महाशाखाले बागबजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुको साथबाट धम्क्याउन प्रयोग गरेका ५ वटा मोबाइल तथा सीमहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार