भीरबाट लडेर वडा सदस्य फुयाँलको मृत्यु

खोटाङ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लडेर मृत्यु भएको छ। शनिबार रतन्छाबाट मबु जानेक्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लगेर वडा सदस्य फुयाँलको मृत्यु भएको हो।

करिब तीन सय मिटर तल खसेका फुयाँलको घट्नास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए। फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा विजयी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार