बेनी ।कोरोना भाइरस (कोभिड– १९) विरुद्ध आजदेखि देशभर खोप लगाइएको छ ।बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले खोपको प्रभावकारीता र सुरक्षित हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी , बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका निति, योजना ,मापडण्द ,कानुन तथा जनस्वास्थ्य महाशाखाका प्रमुख शम्भु ज्ञवाली ले कोरोना विरुद्धको खोप अभियान सफलताको कामना व्यक्त गरे ।
यो पनि
डा. कँडेलले खोप लगाएपछि पनि सावधानी भने अपनाइरहनुपर्ने सल्लाह दिनुभयो । उहाँले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताउनुभयो । कार्यक्रममा श्रीबक्स गुल्मका गुल्मपति राेशन थापा र प्रहरी नायव उपरीक्षक श्यामकुमार राई लगायतको उपस्थिती रहेको छ ।
पहिलो चरणमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,महिला स्वयंसेविका,सुरक्षाकर्मी,एम्बुलेन्स लगायत सवारी साधनका चालक गरी ८२१ जनाले खोप लगाउनेछन् ।पहिलो चरणको खोप अभियान माघ २० सम्म सञ्चालन हुनेछ । म्याग्दीमा ९४० डोज आएको छ ।कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्छ ।