भक्तपुरमा दुर्घटनामा परी एक अपरिचित व्यक्तिको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। लोकन्थलीबाट कोटेश्वर जाने लेनमा अधबैसे पुरुष मानिस लडीरहेको सूचना प्राप्त हुनासाथ गस्तीमा रहेको प्रहरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डको टोली तत्कालै पुगी घाइतेलाई तत्काल मध्यपुर ठिमी अस्पताल भक्तपुर पुर्‍याउँदा चिकित्सकले मृत्यु भएको जानकारी गराएको जनाइएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार दुर्घटना गराउने सवारी साधनको सम्बन्धमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षक नवराज थापाको कमाण्डको टोलीले तत्कालै खोजतलास तथा अनुसन्धान गर्दा हालसम्म खुल्न नआएको बुझिएको छ।

मृतकको साथमा परिचय खुल्ने कुनै कागजात तथा मोबाईल फोन समेत नभएको हुँदा मृतक के, कहाँको र को हुन भन्ने जाकारी खुल्न नआएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। मृतक कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएको, अन्दाजी ५० वर्षको जस्तो देखिने पुरुष ब्यक्ति रहेको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार