पाल्पामा कुलोमा डुबेर १९ महिनाका बालकको मृत्यु

बुटवल । पाल्पामा कुलोमा डुबेर १९ महिनाका बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाको छोरा प्रतिन थापाको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको हो ।

कुलोमा डुबेलगत्तै उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइए पनि बच्चालाई डाक्टरले तत्काल मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार