विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् ।

यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी सोही पनि ठाउँस्थित खोल्सामा मृतावस्थामा फेला परेकी छन् । यसैगरी संखुवासभाको मादि नगरपालिका-८ दलेनीस्थित खोल्सामा सोही नगरपालिका-९ फाबिङ बस्ने ५५ वर्षीय रत्न बहादुर प्रधान मृत फेला परेका छन् भने भोजपुरको अरुण गाउँपालिका-६ स्थित अरुण नदी र आपखोलाको दोभानमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार