
कार्बन उत्सर्जन कटौतीबापत नेपाललाई ५ अर्ब
काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा।विश्वनाथ ओली र विश्व…
बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा हरिकृष्ण गौतम र सन्तोष गौतमलाई सम्मान गरेको छ । सम्मानित पत्रकार हरिकृष्ण र सन्तोषलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले २५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सम्पन्न भएको म्याग्दी भ्रमण बर्ष २०७५ को अवसरमा आफ्नो अनलाइन तथा विभिन्न सञ्चार माध्यम मार्फत जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन सहयोग पु¥याएकाले पत्रकारद्धय गौतमलाई सम्मान गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
बेनीअनलाईन र बेनी साप्ताहिक पत्रिकाका सम्पादक हरिकृष्ण गौतम नागरिक राष्ट्रिय दैनिक पत्रिका र न्युज २४ टेलिभिजनमा आवद्ध हुुनुहुन्छ, भने रिखार दैनिक पत्रिकाका प्रकाशक तथा धौलागिरी खबर डट्कमका सम्पादक सन्तोष गौतम धौलागिरी टेलिभिजन ,सगरमाथा टेलिभिजन,अन्नपुर्ण पोष्ट् ,राष्ट्रिय समाचार समिति (रासस) र पालिखा खबर लगायत विभिन्न मिडियामा आवद्ध हुनुहुन्छ ।
यो पनि
काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा।विश्वनाथ ओली र विश्व…
बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का चन्द्रशेखर प्रसाद र सञ्जय कुमार रहेको…
काठमाडौं । कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन् । प्रदेश २ का आठवटै जिल्लामा…