हत्या अभियोगमा सात जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रवीणको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर प्रवीण हत्यामा संलग्नताको अभियोगमा पक्राउ गरेका सात जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाागुनारायणबाट पक्राउ परेपछि घटनाबारे खुलेको हो ।

माघ २ गते बिहान साढे ९ बजे प्रवीणको शव नेपालगन्ज–१८ सुर्जीगाउँमा फेला परेको थियो । लागूपदार्थ सेवन गर्ने युवाहरुले हेलमेट विवादमा चिर्पट प्रहार गरी प्रवीणको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हेलमेटका विषयको विवादले हत्या भएको देखिएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओम रानाले भने,‘६ जनाले मिलेर एकोहोरो प्रहार गरेपछि मृतकले आफूलाई बचाउ गर्न सकेनन् ।’ पक्राउ पर्नेमा प्रवीणका एक साथीसमेत रहेका छन् ।

लागूऔषध प्रयोगकर्ताबारे सूचना लिन मृतक साथी दिनेशकुमार कुर्मीसँग घटनास्थलमा पुगेका थिए । प्रहरीले उनीहरुलाई काठमाडौं नेपालगन्ज, कैलाली, धनगढीबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । नेपालगन्ज १८ वर्षीय विवेक परियारलाई माग १५ गते काठमाडौंको चाँगुनारायणबाट पक्राउ गरेपछि उनको बयानका आधारमा प्रहरीले अरुलाई पक्राउ गरेको थियो ।

सहायक सूचक थापा मगरको हत्या घटनामा संलग्नताको आशंकामा पक्राउ परेका नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई माघ १५ गते काठमाडौंबाट नेपालगन्ज ल्याइएको थियो । सीआईबीको टोलीले उनलाई काठमाडौंको चाँगुनारायणबाट पक्राउ गरेको हो । सीआईबीको टोली हत्या घटनाको अनुसन्धानका लागि नेपालगन्ज आएको थियो । घटनास्थलमा भेटिएको चप्पललगायत प्रमाणका आधारमा सीआईबीको टोलीले अनुसन्धान गर्दा परियार पक्राउ गरेका हुन् । सूचक मगरको टाउकोको प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । ekantipur बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार