अन्नपूर्ण गाउँपालिका राष्ट्रिय शिक्षा स्थानीय

खिबाङ आधारभुत विद्यालयको ६३औं जन्मोत्सव तथा नवनिर्मित भवनको उद्घाटन (तस्विर सहित)

शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ स्थित खिबाङ आधारभुत विद्यालयले विविध कार्यक्रमको आयोजना गरेर आफ्नो ६३ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले आइतबार समाजसेवी क्याप्टेन रबिन्द्र गर्बुजा र गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको उपस्थितीमा आफ्नो जन्मोत्सव मनाएको हो ।

कार्यक्रममा क्याप्टेन गर्बुजा र गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रअ टेकबहादुर खड्काले विद्यालयमा शैक्षिक तथा भौतिक पुर्वाधार विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा विद्यालयले अक्षयकोष स्थापना गर्ने दाताहरुलाई समेत सम्मान गरेको छ ।

यसैगरी कार्यक्रममा खिबाङ आमा समुहले ५ लाख रुपैयाँमा निर्माण गरेको गेट र जिल्ला आयोजना कार्यान्वयन इकाईद्धारा २३ लाख ९० हजार रुपैयाँ लागतमा निर्माण गरिएको दुई कोठे ट्रस भवनको उद्घाटन गरिएको छ । सोही अवसरमा गाउँपालिकाको दश लाख रुपैयाँ सहयोगमा विद्यालयमा बालमैत्री खेलकुद सामाग्री खरिद गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन जस बहादुर तिलिजाको सभापतित्व र शिक्षक लिलाधोज खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सुवेदार सुन बहादुर गर्बुजा ,सुरेन पुन,मनबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो ।

 

 

सम्बन्धित समाचार

thumbnail

अन्नपूर्ण गाउँपालिकामा २७ गतेदेखि ८ दिन लकडाउन (भिडिओ)

सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आठ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार…

thumbnail

म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण…

thumbnail

शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास

शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिमा नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय नमुना आवासिय विद्यालयको भौतिक पुर्वाधार तर्फ निर्माण हुन लागेको तीन तले…