खिबाङ आधारभुत विद्यालयको ६३औं जन्मोत्सव तथा नवनिर्मित भवनको उद्घाटन (तस्विर सहित)

शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ स्थित खिबाङ आधारभुत विद्यालयले विविध कार्यक्रमको आयोजना गरेर आफ्नो ६३ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले आइतबार समाजसेवी क्याप्टेन रबिन्द्र गर्बुजा र गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको उपस्थितीमा आफ्नो जन्मोत्सव मनाएको हो ।

कार्यक्रममा क्याप्टेन गर्बुजा र गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रअ टेकबहादुर खड्काले विद्यालयमा शैक्षिक तथा भौतिक पुर्वाधार विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा विद्यालयले अक्षयकोष स्थापना गर्ने दाताहरुलाई समेत सम्मान गरेको छ ।

यसैगरी कार्यक्रममा खिबाङ आमा समुहले ५ लाख रुपैयाँमा निर्माण गरेको गेट र जिल्ला आयोजना कार्यान्वयन इकाईद्धारा २३ लाख ९० हजार रुपैयाँ लागतमा निर्माण गरिएको दुई कोठे ट्रस भवनको उद्घाटन गरिएको छ । सोही अवसरमा गाउँपालिकाको दश लाख रुपैयाँ सहयोगमा विद्यालयमा बालमैत्री खेलकुद सामाग्री खरिद गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन जस बहादुर तिलिजाको सभापतित्व र शिक्षक लिलाधोज खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सुवेदार सुन बहादुर गर्बुजा ,सुरेन पुन,मनबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार