काेराेना अपडेट बेनी नगरपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार

बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस

बेनी । म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा सोमबार बेनीमा सम्पन्न सर्वपक्षिय छलफलबाट नगरपालिमामा यही बैशाख २२ गते राती १२ बजेदेखी पुर्ण रुपमा लडकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

नगरपालिमा भित्र कोरोना संक्रमणको दर दिनानुदिन बढ्ढै गएकोले थप रोकथाम तथा नियन्त्रणका लागि गर्न लकडाउनका लागि सिफारिस गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको डिसिसिएमसी र सुरक्षा समितिले सिफारिसको आधारमा निषेधाज्ञाको निर्णय गर्न सक्नेछ ।

लकडाउन नगर्न उद्योगी व्यवसायीको आग्रह

नगरउपप्रमुख सञ्जु बरुवालको अध्यक्षतामा बसेको बसेको सर्वपक्षिय छलफलमा राजनितिक दल ,नेपाल पत्रकार महासंघ म्याग्दी ,वडाका जनप्रतिनिधि स्वास्थ्य कार्यालय,बेनी अस्पताल,गैरसरकारी संस्था ,म्याग्दी उद्योग वाणिज्य लगायत संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

छलफलमा भाग लिएका उद्योगी व्यवसायीहरुले आंशिक रुपमा लकडाउन गर्न माग गरेको थिए भने राजनितिक दल ,जनप्रतिनिधि ,स्वास्थ्य कार्यालय र चिकित्सकहरुले तत्काल लकडाउन गर्नुपर्ने सुझाएका थिए । लकडाउन गर्दा आर्थिक क्षेत्रमा ठुलो असर गर्ने भन्दै उद्योगी व्यवसायीहरुले लकडाउनको विकल्प खोज्न समेत आग्रह गरेका थिए ।यसैगरी ,जनप्रतिनिधि ,स्वास्थ्यकर्मी र राजनितिक दलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल लकडाउन गनुपर्ने सुझाएका थिए ।

 

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…

thumbnail

बाँकेमा दुई घण्टाको अन्तरालमा पाँच संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५…

thumbnail

स्याङ्जामा गाउँमै कोरोना परीक्षण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि…