लकडाउन नगर्न उद्योगी व्यवसायीको आग्रह

बेनी ।म्याग्दीमा तत्काल लकडाउन नगर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी सोमबार बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा जारी सर्वपक्षीय छलफलमा उद्योगी व्यवसायीले तत्काल लकडाउन नगर्न आग्रह गरेका हुन् ।

उनीहरुले लकडाउनको विकल्प खोज्न समेत सुझाव दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले पुर्ण रुपमा लकडाउन गर्दा आर्थिक क्षेत्रमा ठुलो असर गर्ने भन्दै आंशिक रुपमा लकडाउन गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक क्षेत्रलाई चलायमान बनाउन नसके उद्योगी व्यवसायी विस्थापित हुने अवस्था आउने बताउनुभयो । स्वास्थ मापदण्ड अपनाएर व्यवसाय संचालन गर्न पाउनुपर्ने वातावरण बनाउन समेत आग्रह गर्नुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यले म्याग्दीमा दिनानुदिन कोरोना संक्रमण दर बढेपनी प्रशासन र स्थानिय तहको भुमिका भने शुन्य भएको बताउनुभयो । उहाँले स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रण गर्नमा जनप्रतिनिधि र प्रशासन उदासीन देखिएको आरोप लगाउनुभयो ।

यसैगरी ,जनप्रतिनिधिले भने नगरपालिकामा कोरोनाको संक्रमण दर बढ्दै गएकोले तत्काल लकडाउन गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार