तस्बिर मंगला गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राष्ट्रिय

म्याग्दीमा धान रोपाइँ शुरु

म्याग्दी। हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । कृषकहरुले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्न स्वास्थ्य मापदण्ड समेत पालना गरेका छन् । उनिहरुले मास्क लगाएर रोपाइँ गरिरहेका छन् ।

सिँचाइको लागि पानीको अभाब नभएपछि यहाँका कृषकहरुले जेठ दोस्रो सातामै खेतमा धान रोपाइँ शुरु गरेका हुन्।जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो। विभिन्न कारण बसाई सरी बजार झरेका स्थानीय कोरोनाका त्रासले घर फर्किएका छन् । बजार झरेका स्थानीय गाउँ फर्किएपछि बिगतका बर्ष भन्दा यस बर्ष रापाइँमा सहज भएको छ । तस्विर सौजन्य : लोकेश पुन मगर

 

सम्बन्धित समाचार

thumbnail

धवलागिरीमा भिडियो एक्सरे र ल्याब सेवा सुरु (तस्विर सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ स्थित ताकम अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन…

thumbnail

स्थापना दिवसमा प्रेस युनियन म्याग्दीद्धारा बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग

बेनी । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सो स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम…

thumbnail

‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )

लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित  ८ मे २०२१ शनिबार  सम्पन्न प्रथम मोना गोल्फको उपाधी   म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ…