म्याग्दीमा धान रोपाइँ शुरु

म्याग्दी। हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । कृषकहरुले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्न स्वास्थ्य मापदण्ड समेत पालना गरेका छन् । उनिहरुले मास्क लगाएर रोपाइँ गरिरहेका छन् ।

सिँचाइको लागि पानीको अभाब नभएपछि यहाँका कृषकहरुले जेठ दोस्रो सातामै खेतमा धान रोपाइँ शुरु गरेका हुन्।जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो। विभिन्न कारण बसाई सरी बजार झरेका स्थानीय कोरोनाका त्रासले घर फर्किएका छन् । बजार झरेका स्थानीय गाउँ फर्किएपछि बिगतका बर्ष भन्दा यस बर्ष रापाइँमा सहज भएको छ । तस्विर सौजन्य : लोकेश पुन मगर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार