मंगला गाउँपालिकामा दश दिन लकडाउन गर्न सिफारिस

म्याग्दी ।जिल्लाको मंगला गाउँपालिकाले लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थाप केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गरेको छ । शनिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षता बसेको बैठकले गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गर्न सिफारिस गरेको हो ।

गाउँपालिका सहित बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मंगला इकाइ लगायतका सरोकारवालाहरुको बैठकले बढ्नो कोरोना संक्रमणलाई नियन्त्रण गर्न लकडाउन लगाउनुपर्ने निस्कर्ष निकालेको थियो ।

सरोकारवालाहरुको बैठकको सिफारिस अनुसार गाउँपालिकाले वैशाख २६ गते राती १२ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि मंगला गाउँपालिकामा विशेधाज्ञा लगाउन जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो ।

गाउँपालिकाले गरेको सिफारिस बमोजिम डिसीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनको निर्णय गर्ने जनाईएको छ । मंगला गाउँपालिकाले गाउँ गाउँमा समेत कोरोना संक्रमण फैलन थालेपछि लकडाउन गर्न लागिएको र उक्त अवधिमा अत्यावश्यक बाहेक गाउँपालिका, वडा, बैँक तथा वित्तिय र सहकारी संस्थाको सेवाको साथै बजार, यातायात लगायतका क्षेत्र समेत बन्द गर्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार