काठमाडौं । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जनाएका हुन् । वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्रीले बताए ।प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ ।
नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ ९पार्टी छाडेका ४ जना पदमुक्त भएपछि०, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १र१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् । नागरिकखबरबाट