बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाँकेका दुई अस्पतालमा बुधबार रातिदेखि बिहानसम्म थप ९ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन वलीका अनुसार बाँके, बर्दिया र दाङका ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१ की ४३ वर्षीया महिलाको भेरी अस्पतालमामा मृत्यु भएको छ । उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो । बर्दिया राजापुर नगरपालिका–६ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको छ । उनलाई २९ गते भर्ना गरिएको थियो । गुलरिया नगरपालिका–८ की ३२ वर्षीया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख १७ गते भर्ना गरिएको थियो ।

दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २९ गते भर्ना गरिएको थियो । यस्तै बैजनाथ गाउापालिका–६ का ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो ।

दाङ तुलसीपुर उपमहानगरपालिका–५ की ३५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २९ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरि, डुडुवा गाउँपालिका–३ की ५० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २८ गते भर्ना गरिएको थियो ।नरैनापुर गाउँपालिका–५ का ४२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २८ गते भर्ना गरिएको थियो ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१२ की ७५ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २८ गते भर्ना गरिएको थियो । यो सँगै बाँके जिल्लाको मृत्यु संख्या २१३ र अन्य जिल्लाबाट उपचारका लागि आएकाहरुको मृत्यु संख्या १६३ पुगेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार