कलाकार सीताराम कट्टेल ‘धुर्मुस’द्धारा ५० थान अक्सिजन सहयोग

काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शैयाको कोभिड अस्पताललाई ५० थान अक्सिजन दिएका हुन् ।

अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई सहयोग गरेको हो’ धुर्मुसले भने ‘देशमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै बर्दिवासमा अक्सिजन प्लाट स्थापना गर्ने योजना समेत छ ।’ उनले संक्रमितलाई आत्मबल बढाउन, डर र त्रासबाट विचलित नहुन आग्रह समेत गरेका छन् ।

फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ । हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवादिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको धुर्मुसले सामाजिक संजालबाट जानकारी दिएका छन् ।

पछिल्लो समय भरतपुर चितवनमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा लागि गरेका धुर्मसले केही अगाडि फिल्म ‘सेन्टी भाइरस’ बनाएका थिए । अहिले फेरि एक फिल्म निर्माणको होमवर्कमा पनि छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार