गण्डकी प्रदेशमा थप ३० संक्रमितको मृत्यु

कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशमा एकै दिन ३० जनाको मृत्यु भएको यो पहिलो घटना हो ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएको भन्दै स्थानिय प्रशासनले बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरे पनि गण्डकी प्रदेशमा संक्रमित र मृतकको संख्या तीव्ररूपमा वृद्धी भएको छ ।

बुधबार गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै ३० जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार बुधबार कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका ८ जना रहेका छन् । त्यस्तै, स्याङजाका ७, पर्वत र तनहुँमा ५/५, गोरखाका ३ र नवलपुरका २ जना छन् । मृत्यु हुनेमा ३० देखि ९२ उमेर समूहका रहेको निर्देशक डा.शर्माले बताउनुभयो । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५२ पुगेको छ ।

प्रदेशभर पछिल्लो २४ घण्टामा ६ सय ८८ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६ सय ८८ पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ७१ रहेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीमा ५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ९ सय ६५ पुगेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार